टी–२० विश्वकप एशिया छनोटको निर्णायक खेलमा नेपालले आज ओमानसँग खेल्दै

nepalglobalnetwork.com

काठमाण्डौ – आईसीसी टी–२० विश्वकप एशिया छनोट तथा इस्ट प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार राति पौने नौ बजे शुरू हुनेछ ।

आजको खेल नेपालका लागि विश्वकप छनोटको निर्णायक रहेको छ । अस्ति सोमवार भएको खेलमा कतारलाई हराएसँगै नेपाल टी–२० विश्वकप नजिक पुगेको छ ।

पहिलो खेलमा नेपालले यूएईलाई एक रनले हराएको थियो । सुपर सिक्समा नेपाल र ओमानको समान ६ अङ्क छ । नेपालले अन्तिम खेलमा पर्सि शुक्रवार सामाओसँग खेल्नेछ ।

प्रतिक्रिया