📰 सैनामैनामा युवा व्यवसायी प्रेम थापाद्वारा फरक अनुभूतिसहितको 'चिया घर' सञ्चालन, भोलि २५ गते शुभ उद्घाटन हुने
सैनामैना, रुपन्देही
सैनामैना वडा नं. ६ का युवा व्यवसायी तथा समाजसेवी प्रेम थापाले नयाँ सोच र फरक अवधारणाका साथ नयाँ व्यवसायको थालनी गर्नुभएको छ। विशेष गरी युवाहरू तथा सम्पूर्ण आगन्तुकहरूका लागि शान्त वातावरण र नौलो स्वादको आनन्द लिन सकिने गरी 'चिया घर' सञ्चालनमा ल्याउन लागिएको हो।
उक्त चिया घरको भोलि २५ गते शुभसाइतमा भव्य उद्घाटन कार्यक्रम राखिएको छ।
"हाम्रो यो सानो प्रयासमा यहाँहरूको गरिमामय उपस्थिति, माया र मार्गदर्शनको अपेक्षा गरेका छौँ।"
— प्रेम थापा (सञ्चालक)
स्वदेशमै केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ युवाहरू यसरी व्यवसायमा जोडिनु अत्यन्तै सकारात्मक र प्रेरणादायी कदम हो। नेपाल ग्लोबल नेटवर्क (Nepal Global Network) को तर्फबाट नयाँ व्यवसायको सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौँ! 💐✨
📍 स्थान: सैनामैना-६ कलैानि, क्याम्पस चाेक, रुपन्देही
📅 उद्घाटन मिति: भोलि (२५ गते)
☕ सबैमा उपस्थितिका लागि हार्दिक निमन्त्रणा!
#Sainamaina #ChiyaGhar #PremThapa #NewBusiness #YouthEntrepreneurship #NepalGlobalNetwork #SainamainaNews #WelcomeAll