सैनामैना–२, सोरौली — राष्ट्र निर्माता पृथ्वीनारायण शाहको स्मृतिमा सङ्गम प्रगति युथ क्लब, परोहाको आयोजनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सैनामैना–२ सोरौलीस्थित सङ्गम चोकमा रहेको दुर्गा मन्दिर परिसरमा आयोजना गरिएको हो।
कार्यक्रमको सुरुवात राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सम्झनामा एक मिनेट मौन धारण तथा राष्ट्रिय गानमा सरिक भई गरिएको थियो। कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष सुरेन्द्र पौडेलले गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष सुरेन्द्र पौडेलले कार्यक्रममा सहभागी सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको योगदान तथा उहाँद्वारा प्रतिपादित ‘पृथ्वी पथ’को महत्वबारे प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा क्लबका उपाध्यक्ष भानु न्यौपाने, सचिव विक्रम अधिकारी, सङ्गम प्रगति टोल विकास संस्थाका उपाध्यक्ष गजानन्द खनाल, क्लबका सल्लाहकार खिम भुषाल लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन क्लबका महासचिव केशव घिमिरेले गर्नुभएको थियो।