सैनामैना २ मा सोरौली क्यारमबोर्ड बोका कप २०८३ आयोजना हुने ।।

nepalglobalnetwork.com

सैनामैना नगरपालिका–२ स्थित सोरौलीमा “सोरौली क्यारमबोर्ड बोका कप २०८३” आयोजना हुने भएको छ। खेलकुदमार्फत खेल भावना, आपसी मित्रता, एकता तथा स्वस्थ प्रतिस्पर्धाको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक समितिका संयोजक श्याम थारुले जानकारि दिनु भएको छ ।
प्रतियोगिता २०८३ साल जेठ २३ गते शनिबार, बिहान ९ बजेदेखि सैनामैना -२ सोरौलीमा सुरु हुने छ। प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीहरूका लागि प्रवेश शुल्क रु. १५०० तोकिएको छ।
आयोजकका अनुसार प्रतियोगितामा आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।
प्रतियोगिताको प्रथम पुरस्कार २० केजी तौलको १ वटा बोका रहेको छ । त्यस्तै द्वितीय पुरस्कारमा ५ केजी तौलको १ वटा कुखुरा प्रदान गरिने छ।
स्थानीय स्तरमा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्नुका साथै युवाहरूलाई सकारात्मक दिशातर्फ आकर्षित गर्ने विश्वास आयोजक समितिले लिएको छ। प्रतियोगितालाई सफल बनाउन खेलाडी, दर्शक तथा खेलप्रेमी सबैलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।
कार्यक्रम एस के एस ट्याटु मुर्गियाले आयोजना गर्न लागेको हो ।

प्रतिक्रिया