लेखा समितिमा फेरी गर्जिए सांसद खगेन्द्र सुनार

nepalglobalnetwork.com

लेखा समितिमा फेरी गर्जिए सांसद खगेन्द्र सुनार : ‘यसअघि उठाएको प्रश्नमा आफू अडिग छु।मेरो मानमर्दन भयो भन्ने लाग्छ भने उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नुहोला,कठघरामा उभिएर जवाफ दिन म तयार छु।’


सार्वजनिक लेखा समितिको बैठकमा सांसद खगेन्द्र सुनारले प्रहरीको स्रोत–साधन खरिद प्रक्रियालाई लिएर फेरि प्रश्न उठाएका छन्।


प्रहरीको स्रोत–साधन खरिदमा भएको भनिएको अनियमितताबारे १५ दिनभित्र कागजात माग गरिएको स्मरण गराउँदै सुनारले “हामीले डकुमेन्ट मागेका थियौँ, त्यो आयो कि आएन?” भन्दै प्रश्न गरे।


यसबीच प्रहरीले फेरि करोडौँ रुपैयाँको टेन्डर आह्वान गरेको उल्लेख गर्दै उनले “निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्” भन्ने आरोप लगाए।


आफूले यसअघि उठाएको प्रश्नमा आफू अडिग रहेको बताउँदै सुनारले भने, “अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु।”


आफ्नो भनाइबाट कसैको मानमर्दन भएको लागे अदालत गएर मुद्दा हाल्न चुनौती दिँदै उनले अदालतमा कठघरामा उभिएर जवाफ दिन आफू तयार रहेको बताए।


तर संसदीय समितिमा व्यक्तिगत रूपमा जुहारी खेल्ने र सरकारको मानमर्दन गर्ने काम गर्न नहुने उनको भनाइ थियो। “एउटा सार्वभौम समितिमा आएर टोपी भुइँमा राखेर जुहारी खेल्न पाइँदैन, सरकारको मानमर्दन गर्न पाइँदैन,” सुनारले भने।

प्रतिक्रिया