मुस्ताङ – मुस्ताङमा गएको वर्षको तुलनामा स्याउ उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार गएको वर्ष सात हजार दुई सय ३८ मेट्रिक टन स्याउ उत्पादन भएकोमा यस वर्ष सात हजार ६ सय ३६ मेट्रिक टन स्याउ उत्पादन भएको हो ।
गएको वर्ष ९१ करोड ८६ लाख ७२ हजार रुपैयाँ बराबरको स्याउ बिक्री भएकोमा यस वर्ष एक अर्ब १० करोड रुपैयाँ बराबरको स्याउ उत्पादन भएको केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि प्राविधिकबाट स्थानीय किसानको फरक/फरक बगैँचा अनुगमन तथा स्याउको क्रप कटिङसम्बन्धी स्थानीय तहका कृषि शाखा र किसानको आधारमा स्याउको उत्पादन निकालिएको केन्द्रका प्रमुख राजेश गुरुङले बताउनुभयो ।
यस वर्ष ८० प्रतिशत जिल्लाबाहिर निकासी भइसकेको छ भने १० प्रतिशत स्याउ जिल्लामै खपत भएको छ । साथै १० प्रतिशत हार्भेस्ट गर्न बाँकी रहेको केन्द्रका प्रमुख गुरुङको भनाइ छ । कृषि ज्ञान केन्द्रका अनुसार मुस्ताङमा स्थानीय स्याउ प्रतिकिलो एक सय ३० र हाइब्रिड स्याउ प्रतिकिलो दुई सय रुपैयाँमा बिक्री भइरहेको छ ।