सरकारले बनायो पूर्वगृहमन्त्री सुधन गुरुङको बारेमा छानबिन गर्न समिति

nepalglobalnetwork.com

समितिलाई प्रतिनिधिसभा सदस्य समेत रहेका पूर्व गृहमन्त्री गुरुङका सम्बन्धमा सार्वजनिक रुपमा उठेका विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरी सरकारसमक्ष राय सुझावसहित १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।व्यापारी दीपक भट्टसँग व्यापारिक सेयर साझेदारी रहेको खुलेसँगै विवादमा तानिएका उनले वैशाख ९ मा राजीनामा बुझाएका थिए ।                                                                                                                                             गुरुङ २६ दिनमात्रै गृहको नेतृत्वमा रहेका थिए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर किनेको विषयमा प्रश्न उठेपछि उनी राजीनामा दिन बाध्य भएका हुन्।

प्रतिक्रिया