जंगलमा २ दिनदेखि ह'राएका साढे २ वर्षका बालकको चामत्कारिक उद्धार
पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरस्थित सोनी तामाङ र नारायण तामाङका साढे २ वर्षका छोरा सिवान तामाङ अन्ततः दुई दिनपछि जंगलमा सकु'शल फे''ला परेका छन्। आमाबुवा दुवै रोजगारीको सिलसिलामा भारतमा रहेका कारण सिवान विगत एक वर्षदेखि भागरस्थित मामाघरमा आफ्नी हजुरआमा हेमकुमारी आलेसँग बस्दै आएका थिए।
गएको मंगलबार बिहान करिब ७ बजे हजुरआमा घर नजिकैको शंखदेवी सामुदायिक वनमा च्याउ टिप्न गएकी थिइन्। त्यही क्रममा बोल्नसमेत नसक्ने अबोध नाति सिवान हजुरआमाको पछि-पछि लागेर जंगलतर्फ गएका रहेछन उनी बाटो बिराएर घनघोर जंगलभित्रै बे'प'त्ता हुन पुगे।
हजुरआमा घर फर्किँदा नाति नदेखेपछि गाउँलेहरू मिलेर सुरुमा खो'जी गरेका थिए। त्यसपछि खबर पाएलगत्तै सशस्त्र प्र'हरी बल नं. ३१ गुल्म, औद्योगिक सुरक्षा बेस प्रगतिनगर र इलाका प्र'हरी कार्यालय गैँडाकोटको संयुक्त टोली जंगलमा तीव्र खो'जी कार्यमा जुटेको थियो।
सुरक्षाकर्मीको लगातारको अथक प्रयासपछि भदौ ४ गते बिहान ९:४० बजे घरबाट करिब १.५ किलोमिटर उत्तरतर्फ जंगलको झाडीमा बालकलाई जी'वितै फे''ला पारियो। गालामा सामान्य को'तारिएको बाहेक बालकको स्वास्थ्य अवस्था सामान्य रहेको छ र उनलाई सकु'शल आफन्तको जिम्मा लगाइएको छ।
जंगली जनावरको त्रा'स र भो'कप्यासबीच दुई रात घनघोर जंगलमा बि'ताएर पनि अबोध बालक जीवितै फर्किनु आफैँमा एउटा ठूलो चमत्कार बनेको छ। दिनरात नभनी बालकको प्रा"ण रक्षा गर्न खटिने सुरक्षाकर्मी तथा सम्पूर्ण खोजी टोलीलाई उच्च सम्मान र सलाम l