व्यवसायीलाई पक्राउ गरेको कार्यको भत्सर्ना आवाज सुन्न दबाब

nepalglobalnetwork.com

नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसन, पाटन इकाई समितिले आफ्ना व्यवसायीमाथि प्रहरीले धरपकड गरेको विरोध गर्दै अनिश्चितकालीन ‘पेन डाउन’ घोषणा गरेको छ।                                                                                      समितिले प्रमाणबिना ‘बिचौलिया’ भनेर व्यवसायीलाई पक्राउ गरेको कार्यको भत्सर्ना गरेको छ।प्रहरीले चैत २२ गते भूमि सुधार तथा मालपोत कार्यालय, ललितपुरबाट भू-सेवा केन्द्रका सञ्चालक र लेखापढी व्यवसायीहरुलाई नियन्त्रणमा लिएको थियो। भूमि व्यवस्थापन तथा अभिलेख विभागको निर्देशिका २०७६ बमोजिम भू-सेवा केन्द्र सञ्चालन गर्ने व्यवसायीमाथि ‘बिचौलिया’ आरोप लगाउनु गलत भएको भन्दै समितिले आपत्ति जनाएको हो। समितिले पेन डाउन घोषणा गर्दै अर्को निर्णय नभएसम्म आन्दोलन जारी राख्ने पनि चेतावनी दिएको छ। प्रहरीले पक्राउ गरेका व्यवसायीहरू अहिले रिहा भइसकेका छन्।                                                                                          लेखापढी व्यवसायीहरूले यो कदम सरकार र प्रहरी निकायलाई आफ्नो आवाज सुन्न दबाब दिने प्रयासको रूपमा लिएका छन्। आन्दोलनले आगामी दिनमा भूमि व्यवस्थापन प्रणालीमा सुधार र व्यवसायी अधिकारको सुनिश्चिततामा केन्द्रित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया