भियतनामकी उपराष्ट्रपति सुआन नेपाल भ्रमणमा ..

nepalglobalnetwork.com

समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीन दिने औपचारिक भ्रमणका लागि आज काठमाण्डौ आइपुग्नुभएको छ ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपाल आउनुभएको हो । उपराष्ट्रपति सुआनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्वागत गर्नुभयो । सुआनसँग आजै परराष्ट्रमन्त्री राणाले शिष्टाचार भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ ।

भियतनामको तर्फबाट नेपालमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । भ्रमणका क्रममा उपराष्ट्रपति यादव र उहाँका समकक्षी सुआनबीच भोली काठमाण्डौमा प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उपराष्ट्रपति सुआनले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

यो वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औं वर्ष पुगेको छ । उपराष्ट्रपति सुआन भ्रमण सकेर पर्सि सोमवार स्वदेश फर्कने तालिका छ ।

प्रतिक्रिया