रास्वपाले गर्यो सैनामैनामा घरदैलो

फाल्गुन ०७ 

सैनामैना

रास्वपाका रुपन्देही क्षेत्र नं २ का उम्मेदवार शुलभ खरेलले आज सैनामैनामा घरदैलो कार्यक्रम गरेका छन । सैनामैनाका वडा नं १ र २ मा आज घरदैलो तथा मतदाता भेटघाट गरेका हुन । घरदैलोको क्रममा उनले जनताको गुनासो तथा मागका बिषयमा केन्द्रित भएका थिए । 

पुराना दलको नेताहरु देश बिकास गर्न नसकेको र यूवाको सोच अनुसार अगाडी बढ्न नसकेको अवस्थाबाट मुक्त गराउनको लागी नै रास्वपाको उम्मेदवारी रहेको खरेलको भनाई थियो । 

देशलाई भ्रष्टचारमुक्त बनाउन र यूवा पुस्तालाई नेपालमै बस्ने बातावरण बनाउनको लागी रास्वपाको नेता बालेन शाहको नेतृत्वमा सरकार बनाउन आवश्यक रहेकोले यस पटक रास्वपालाई स्पष्ट बहुमत सहितको सरकार बनाउनका लागी देशभरीबाट नै घण्टी चिन्हमा मतदान गरी रास्वपामा उम्मेदवारलाई जिताउनको लागी मतदातालाई खरेलले अनुरोध गरेका थिए । 

बिगत ३० बर्षदेखी देशमा पुरानै पार्टीले जिद्दै आएको र देशको र जनताको अवस्थामा कुनै परिर्वतन नभएकोले पनि देश र आम जनताको परिर्वतनका लागी भए पनि यसपालि यूवालाई अगाडी सारेर एक पटक काम गर्ने अवसर दिन समेत उनको आग्रह थियो । 

अब देश बिकास गर्ने र यूवा पुस्ताको भबिष्यको लागी रास्वपाको बिकल्प नभएकोले घण्टी चिन्हमा मतदान गरी यूवापुस्ताको हातमा नेतृत्व दिन समेत उनको आम जनसमुदायमा आग्रह थियो ।

प्रतिक्रिया