नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन

nepalglobalnetwork.com

बिहीबार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्‍यो । अन्तर्राष्ट्रिय बजार बढेको मूल्य अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त मूल्यसूचीलाई आधार बनाउँदै निगमले मूल्य समायोजन गरेको हो ।अब पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ, डिजेल र मट्टितेलमा १८२ रुपैयाँ र हवाई इन्धनको २५१ रुपैयाँ निर्धारण भएको छ । ग्यासमा भने प्रतिसिलिन्डर १९१० रुपैयाँको मूल्यलाई यथावत् राखिएको छ ।            भारतीय आयल कर्पोरेसनबाट प्राप्त मूल्य भने योभन्दा निकै बढी छ । निगमका अनुसार नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ३४.३६ रुपैयाँ, डिजेलमा १२०.५४ रुपैयाँ र ग्यासमा प्रतिसिलिन्डर ४१६.३७ रुपैयाँ नोक्सान रहेको निगमले जनाएको छ 

प्रतिक्रिया