पाल्पामा जीप दु'र्घटनामा चालक सहित १० जना घाइते !
पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ४ झुम्सा–सत्यवती सडकखण्डमा पिकअप जिप दु'र्घटना हुँदा चालकसहित १० जना घा'इते भएका छन ।
सोमवार बिहान ७ बजे माथागढी गाउँपालिका वडा नं. ५ बंसिङडाँडाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज २२३७ नम्बरको मुस्ताङ जिप आफैँ अनियन्त्रित भई सडकबाट करिब ११० मिटर तल खसी दु'र्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दु'र्घटनामा चालक देवकुमार घर्तीसहित १० जना घाइते भएका छन ।
२५ साउन २०८३, सोमबार ११:४६ मा प्रकाशित