गुल्मीमा खोलाले बगाएर एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा इस्मा गाउँपालिका–१ राहलका ५३ वर्षीय मानबहादुर कुमाल रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगाबहादुर सारुले जानकारी दिनुभयो ।
२ दिनदेखि घरबाट हराइरहेका कुमालको शव आज बिहान इस्मा–२ छल्दीटार छल्दी खोलाको किनारमा माछा मार्ने क्रममा स्थानीय बासिन्दाले देखेपछि प्रहरीमा खबर गरेका थिए ।
मानसिक सन्तुलन ठीक नभएका कुमाल बुधवार राति घरबाट निस्केका परिवारले जानकारी दिएका छन् ।
६ भदौ २०८२, शुक्रबार ०३:४८ मा प्रकाशित