अटो र बस एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु, ३ जना घाइते
जिल्ला उदयपुर बेलका नगरपालिका-५ जहडामा अटो र बस एकआपसमा ठोक्किँदा पाँच जना घाइते मध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
मिति २०८३।०५।०८ गते करिब ९:४५ बजे सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र.०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको को १ ख ३५१६ नम्बरको बस एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
मृत्यु हुनेहरुमा
१.जिल्ला उदयपुर, बेलका नगरपालिका-५ मैनी बस्ने ३४ वर्षीया मन्दिरा मगर ।
२.अटोमा सवार अर्की एक जना महिला हाल नाम, उमेर र ठेगाना नखुलेको । दुवै जनाको वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा अस्पताल, सुनसरीमा उपचारको क्रममा ऐ.११:४५ बजे मृत्यु घोषणा गरेको ।
घाइते हुनेहरुमा
१. अटो चालक जिल्ला उदयपुर, बेलका नगरपालिका-५ मैनी बस्ने २८ वर्षीय ईन्द्र थापा मगर (अ�