सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा राजीनामा घोषणा
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
बिहीबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहले राजीनामाको घोषणा गरेका हुन्। एमाले र नेकपाबीच गठबन्धन बनेपछि प्रदेशसभामा आफ्नो पक्ष अल्पमतमा परेपछि उनले यस्तो निर्णय लिएका हुन्।
मुख्यमन्त्री शाहका लागि बिहीबार नै विश्वासको मत लिने अन्तिम दिन थियो। विश्वासको मत लिनुअघि नै उनले राजीनामाको घोषणा गरेका हुन्।
२८ साउन २०८३, बिहिबार ०६:१५ मा प्रकाशित