राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सैनामैना नगर समितिले आज सैनामैना नगरपालिकामा एक ज्ञापनपत्र बुझाएको छ। शिक्षा ऐन विपरित विद्यालयहरूले भर्ना शुल्कको नाममा वार्षिक शुल्क (Annually Fee) लिइरहेको भन्दै सो कार्यमा कडा छानबिन गर्न रास्वपाले माग गरेको हो।
नागर साबापाति राज बाहादुर र नगर सचिब लक्ष्मण पौडेल अग्रसरतामा भएको उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्य (सांसद) मञ्जु भुसाल लगायत स्थानीय नेता, कार्यकर्ता र आम नागरिकहरूको उपस्थिति रहेको थियो।
११ बैशाख २०८३, शुक्रबार ०६:०८ मा प्रकाशित