लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित र दिगोपना घोषणा

nepalglobalnetwork.com

लुम्बिनी प्रदेश सरकारले आज प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना कायम भएको घोषणा गर्नुभएको हो ।

लुम्बिनी प्रदेशमा गएको आर्थिक वर्षमा घरधुरी सर्वेक्षण गरी १६ देखि २३ महिनासम्मका ७० हजार ५ सय बालबालिकालाई १५ महिनाभित्र पाउनुपर्ने सबै खोप प्राप्त भएको सुनिश्चित गरिएको छ ।

यस क्रममा खोप नै नलगाएका ६९ र खोप छुट भएका २ हजार ३ सय ८७ बालबालिकालाई पनि खोजी गरी खोप लगाइएको थियो । सबैभन्दा धेरै खोप छुट भएको बाँके जिल्लामा ७ सय ६२, कपिलवस्तुमा ६ सय ५२ र रुपन्देहीमा ४ सय ४४ रहेको छ ।

पूर्ण खोप अभियान अन्तर्गत गएको जेठ ८ गते नवलपरासी पश्चिमबाट दिगोपना घोषणा शुरू भएको थियो । यसपछि रोल्पा, पाल्पा, कपिलवस्तु, बाँके, रुपन्देही, प्यूठान, रुकुम पूर्व, दाङ, गुल्मी, बर्दिया हुँदै असार २७ गते अर्घाखाँचीमा घोषणा गरिएको हो ।

लुम्बिनी प्रदेशका सबै १२ जिल्लामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कायम भएपछि राष्ट्रिय खोप समन्वय समितिले प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्ने अनुमति दिएको थियो ।

प्रतिक्रिया