पैदलयात्रीलाई ठक्कर दिँदा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते

nepalglobalnetwork.com

 पैदलयात्रीलाई ठक्कर दिँदा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते

जिल्ला कञ्चनपुर बेदकोट नगरपालिका-६ सिसैयास्थित पूर्व-पश्चिम राजमार्गमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक जना घाइते भएका छन् भने मोटरसाइकलको पछाडि सवार एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

मिति २०८३।०५।०८ गते विहान करिब ८:१५ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से३प ५२७४ नम्बरको मोटरसाइकलले पैदलयात्री डडेल्धुराको अजयमेरु गाउँपालिका-५ बस्ने २१ वर्षीय यज्ञ ठगुन्नालाई ठक्कर दिएको थियो ।

दुर्घटनामा ठगुन्नाको टाउकोमा सामान्य चोट लागेको र स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

उक्त मोटरसाइकलको पछाडि सवार कञ्चनपुरको बेदकोट नगरपालिका-९ बस्ने अन्दाजी ६० वर्षीय गौरसिंह महरा गम्भिर घाइते भइ महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा सामान्य उपचारपछि थप उपचारका लागि नगढीस्थित टेक केयर अस्पताल प्रा.लि.मा पठाइएको थियो । उपचारका क्रममा बिहान करिब १०:४० बजे उनको मृत्यु भएको हो । 

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया