फिलिपिन्सको राजधानी मनिलास्थित संसद् (सिनेट) भवनमा गोली चलेको छ । बुधबार संसद् भवनमा १२ राउन्डभन्दा बढी चलेको आवाज सुनिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । फिलिपिन्सका सिनेटर रोनाल्ड डेला रोजालाई गिरफ्तार गर्ने प्रयासका बिच यो घटनाक्रम भएको हो । डेला रोजामाथि अन्तर्राष्ट्रिय अपराध न्यायालय (आईसीसी)द्वारा मानवताका विरुद्ध अपराधको आरोप लागेको छ । उनीमाथि पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्तेको ड्रगविरोधी अभियानका क्रममा कथित हत्यामा भूमिका निर्वाह गरेको आरोप छ ।
३० बैशाख २०८३, बुधबार ०८:३० मा प्रकाशित