सत्य र हिम्मतको बाटो - अस्मिता पान्डे

nepalglobalnetwork.com

छोरी तिमी आँटिला र हिम्मतवाली हुनु, म तिम्रो हरदम साथमा हुनेछु – मेरो बाबाको भनाइ।

म हिम्मत हार्ने छोरी कहिल्यै भएकी छैन, किनकि कस्तो कस्तो अफ्ठ्यारो परिस्थिति भए पनि समय अनुसार पार गर्दै आएकी छु। मैले सधैं सोचें – पहिला भन्दा अहिले राम्रो, र अहिले भन्दा पछि अझ राम्रो हुनेछ भनेर। जिन्दगीमा संघर्षका बेला धेरै कठिनाइ आउँछन्, दुःखका बाटाहरू आउँछन्, तर ती सबैलाई सानो सपना सम्झेर अघि बढ्दा, जस्तोसुकै अवस्था पनि पार गर्न सकिँदो रहेछ भन्ने विचार मेरो मनमा उत्पन्न भयो।

यस विचारसँगै मैले आफुमा आएको परिवर्तनलाई स्वीकार गरें। सुरुमा मलाई लाग्थ्यो – साथीले के भन्लान्? समाजले के भन्लान्? के होला? तर पछि बुझें, हामी छोरीहरूले समाजको र परिवारको डर मानेर बस्नु हुँदैन। आफ्नो आँट र सासलाई लिएर हिम्मत जुटाएर, आफ्नो लागि आफैं केही गर्ने निर्णय गरें।

मैले मेरो आमाबाबासँग सल्लाह गरेर घरबाट निस्किएँ, र उनीहरूलाई एउटा विश्वास दिलाएँ – हजुरकी छोरी कहिल्यै बिग्रने छैन, आमा-बाबा। यस विश्वासकै कारण मलाई घर-परिवारबाट समर्थन पाइयो।जिन्दगीले धेरै कुरा सिकायो। म हरेक समयमा आफ्नो भित्र नियालिरहेकी थिएँ। पिडा, दुःख, संघर्षका बाटाहरू धेरै थिए, तर मैले त्यसलाई सामान्य कुरा मानेर हौसला पुर्वक अगाडि बढाएँ।

यो चार वर्षमा मैले धेरै साथी गुमाएँ। कतिले साथ छोडे, कतिले कुरा काटे, कतिले “यसले केही गर्न सक्दिन” भनेर हेपे, कतिले इज्जतमा दाग लगाउन कोसिस गरे। तर भगवानको कृपाले उनीहरू सबै असफल भए।

मसँग अझै धेरै गर्नुछ। आज भन्छिनँ – यो गर्छु, त्यो गर्छु – तर जे हुने हो, त्यो दिन राम्रो हुनेछ भन्ने विश्वास राखेकी छु। आज कुरा काट्नेहरूलाई भोलि आफैं शिर निहुराएर हिँड्ने बनाउनुछ। बैगुनिलाई गुनले मारेर अघि बढ्नुछ।

त्यसैले, अरूलाई जज गर्नु अघि आफैंलाई बुझौं – म कस्तो लायक छु? अनि मात्र अरूमाथि जज गरौं। समय सबैको पालो ल्याउँछ, ढिलो चाँडो मात्र हो। राम्रो गरे राम्रो फल, नराम्रो गरे नराम्रो फल। सत्य, सत्य नै हुन्छ – जति कलियुग भए पनि। त्यसैले, आफ्नो काम गरौं, आफैंलाई खुसी बनाऔं।

राधे राधे।

अस्मिता पान्डे , तिलोत्तोमा -०५ निवासी हुनुहुन्छ । 

प्रतिक्रिया