बोल्नुभन्दा काम गरेरै देखाउन पाए हुन्थ्यो" SAGAR DHAKAL MP

nepalglobalnetwork.com

बोल्नुभन्दा काम गरेरै देखाउन पाए हुन्थ्यो"

कति धेरै काम गर्न बाँकी छ। जनता कति पीडामा छन्। साच्चै नै यो रातदिन नभनी, नबोलिकन काम गर्नुपर्ने समय हो। मलाई पनि सकेसम्म बोल्नै नपरे हुन्थ्यो भन्ने लाग्छ। जनताले हामीलाई काम गर्न पठाएका हुन् । प्रतिपक्ष जति बोल्दा पनि हुन्छ, हामीलाई बोल्न कम पारिदिए हुन्थ्यो।  सदनमा पनि भाषण गर्नुभन्दा बरु वन्यजन्तु, खानेपानी, प्रविधि, ऊर्जा र सिँचाइ लगायतका नीति- योजनाहरू बनाउन मन पर्छ। कतै विवाह, व्रतबन्ध वा सभा-समारोहहरूमा पनि नबोलाइदिए हुन्थ्यो जस्तो लाग्छ।


मैले जीवनमा कहिल्यै बोलेर पेट पालेको वा कमाएको छैन। तर प्रतिपक्ष हाम्रो सोचको विपरीत ध्रुवमा हुनुहुन्छ। परिवर्तन ल्याउन हामी कटिबध्द छौँ, हामी आफ्नो क्षमताले भ्याएसम्म पक्कै राम्रो गर्छौँ।


 हामी सबैभन्दा ठूलो दल र अभिभावकको भूमिकामा भएकोले सदन अवरुद्ध भएकोमा म क्षमाप्रार…

प्रतिक्रिया